३५ करोडको यो राँगो बिहान ५ किलोमिटर दौडन्छ र दिनमा २ पटक नुहाएर साँझ रक्सि पिउने गर्छ भिडियोमा हेर्नुहोस

भारतमा गाई जस्तै साँढे र राँगोलाई पनि एकदमै ध्यान(रेखदेख) दिइन्छ । तर हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको छ । करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई हैरानी वा कुनै आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ ।

राँगो मदिरा पिउँन धेरैनै मन पराउँछ र मदिरा पिउँदा उसले एकदमै धेरै सन्तुष्टी पाउँछ । आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ भने यसको वजन एक टन भन्दा पनि बढी रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् ।

सुल्तानलाई हरेक दिन बिहान ५ किलोमिटर दौडाएर कसरत गराउने र दिनमा २ पल्ट नुहाइदिने सुल्तानका मालिकले गरेका छन् । सधै मदिरा पिउँने यो राँगोको बारेमा जानकारी पाएर मानिसहरु एकदमै आश्चर्यचकित हुन्छन् *

प्रतिक्रिया दिनुहोस