भीम रावलको एक ट्वीटले मन्त्रीको सपथ खान ठिक्क परेका रामकुमारी झाक्रीहरु तनावमा, के लेखे त्यस्तो ? (हेर्नुस् ट्वीटसहित)

सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुक्तक रचेका छन्। भीम रावलले रचेको मुक्तक सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

गठबन्धनका दलले आपसमा मन्त्रालय भागबन्डा मिलाएका दिन बिहीबार राति अबेर रावलले ‘गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र’ शीर्षकमा ६ लाइन मुक्त लेखेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका रावलले राजनीति भनेकै दाउपेच र कुर्सी रहेको उल्लेख गर्दै यसकै लागि पार्टी र गठबन्धन गठन भएको आरोप लगाएका छन्।

साथै उनले गठबन्धन सरकारको मन्त्रिमण्डलमा तस्कर र भ्रष्टाचारीलाई मन्त्री बनाइएको दाबी पनि गरेका छन्।, यस्तो छ, उनको मुक्तकः गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र::

यही नै हो यात्रा, बुिद्धि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक१

राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ१

तस्कर होउन् या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी१

गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले बिहीबार आपसमा कुन कुन मन्त्रालय लिने तथा ककसलाई मन्त्री बनाउने भन्ने कुरा निश्चित गरिसकेका छन्।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएक जना पनि राज्यमन्त्री पाएका छन्।

सोअनुसार प्रधानमन्त्री बनेको ३ महिनापछि नेपाली कांग्रेसका सभापति देउवाले आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन् भने थपिएका मन्त्रीहरूले शपथ खाँदै छन्।

प्रतिक्रिया दिनुहोस