लगातार बढेको सुनकाे भाउ आज भने अचम्मित पार्ने किसिमले यस्तो भयाे

काठमाडौं । बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला १ सयले बढेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेर तोलामा १० रुपैँयाले बढेर प्रतितोला १२३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आमाबाबु दुबैले छोडेपछि यी बालकले भने : ठुलो भएर ऋण तिर्छौ भाइलाई बचाइदिनुहोस्

काठमाडौ । अस्पतालको बेडमा सानो बाबु सुतिरहेका छन् । उनी ब्लड क्यान्सरले निक्कै थलिएका छन् । सुक्क-सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन् । उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सुम्याउछन् । बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन । बाबुलाई भने देख्यो भने चिन्न सक्लान् ।

उनीहरुका बाबा आमा यही धर्तीमा छन् । तर सानै उमेरदेखि छोडेर अन्यत्र छन् । उनीहरुलाई अलपत्र छोडेर हिँडेका छन् । बाबु आमाले साथ छोडेपनि दाजु भाई संघर्ष गरेर बाँचिरहेका थिए । यस्तै दुखियाको घरमा बज्रपात परेर आयो । आमा बाबु जिउँदै भएपनि टुहुरा, बेसाहारा बनेका यी नेपाल आमाका सन्तानमा अब ठूलो विपत्ति आइलाग्यो । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हुर्किएका थिए । बाबु १३ बर्षको भएका छन् ।

आमाबुवाको माया कस्तो हुन्छ भन्ने दाजुभाईले अनुभव गर्ने मौका पाएनन् । त्यही दाजुभाईको यस्तो जोडीलाई फेरी दैव लाग्यो । भाईको अवस्था निकै चिन्ताजनक छ । अस्पतालको शैयामा भाईलाई सुताएर दाई भाईको जिवन रक्षाको भिख मागिरहेका छन् । बाबुआमाको न्यानो काख र माया त उनीहरुले पाएनन् अहिले दाजुभाईकै माया पनि छुट्ने हो की भन्ने त्रासमा बारम्बार भक्कानिन्छन् । कालिकोट शान्ति त्रिवेणी गाउँपालिका वडा नं १ का हिमराज गिरी जसलाई अहिले ब्लड क्यान्सर भएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि नविन गिरी अहिले भिख मागिरहेका छन् । आमाबुवाले सानैमा साथ छोडेर गएका कारण एक्लिएका नविन अहिले भविष्यको सहारा सम्झेका भाईलाई पनि ब्लड क्यान्सर भएपछि उनी भाईको साथ छुट्ने हो की भन्ने डर छ । दाजुभाई सानै छँदा आमाले अर्कैसँग विवाह गरिन् ।

जन्मदिने आमाले अर्काविवाह गरेपछि बुवाले पनि सौतेनी आमा भित्र्याए । पछि बुवा पनि सौतेनी आमाकै घरमा गएर बस्न लागेपछि यि दाजुभाईको अभिभावकको छाँया खोसियो । भाईलाई कालिकोटमै हुँदा ज्वरो आउने र निकै थकाइलाग्ने भएकाले उपचारका लागि सबैको सहयोग जुटाएर काठमाडौं आएर अस्पताल पुर्याए, अस्पतालमा चिकित्सकले भाईलाई ब्लड क्यान्सर भएको सुनाएपछि नविनको पाइताला मुनिको जमिन भासियो ।

प्रतिक्रिया दिनुहोस