पाकिस्तानी रुपैयाँ डलरको तुलनामा ऐतिहासिक रूपमा अवमूल्यन

पाकिस्तानी रुपैयाँअमेरिकी डलरको तुलनामा ऐतिहासिक रूपमा घटेको छ । एक अमेरिकी डलरका लागि १७३ पाकिस्तानी रुपैयाँ मा भइरहेको कारोबार फेरि ८३ पैसाले घटेको छ, जिओ न्युजले लेखेको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय मनीटरी फन्ड आइएमएफ ले पाकिस्तानी रुपैयाँ को अवमूल्यनको माग गर्नु र पाकिस्तानी करेन्ट अकाउन्ट डेफिसीटका कारणले यसरी पाकिस्तानी रुपैंया डलरको तुलनामा सर्वाधिक घटेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका अनुसार पाकिस्तानी रुपैयाँ मा बढेको यो दबाब केही समयलाई मात्र हुने बताएका थिए । यद्धपी पाकिस्तानी रुपैयाँ को मूल्य तत्कालै बढिहाल्ने कुनै कसर भनेँ देखिएको छैन ।

पाकिस्तानी पक्षले भनेँ आइएमएफसंग ६ बिलियन डलरको कर्जा कार्यक्रम लागु गरेर रुपैयाँ को मुल्याकंन बढाउने बताएको छ । तर फेरि यदि पाकिस्तानी पक्षले आइएमएफसंगको सम्झौतामा कर्जाको परिमाण मिलाउन नसकेमा भनेँ पाकिस्तानी रुपैयाँ को थप गिरावट हुन सक्ने पक्कापक्की छ ।

प्रतिक्रिया दिनुहोस