बिमलले सार्वजनिक गरे आफ्नो प्रेमिका

काठमाण्डौं, नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।

बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

उनले एक होटलको कोरिडोरमा उब्भिएको आफ्नो तस्विर राख्दै स्ट्याटसमा आफ्नो प्रेमिका लिना प्रधानलाई निक्कै सम्झिरहेको उल्लेख गरेका छन् ।

यस विषयमा विमललाई प्रश्न गर्दा लिना आफ्नो प्रेमिका रहेको मेरोखेल डटकमलाई बताए ।

विमलकी प्रेमिका लिना अहिले माल्दिभ्सस्थित एक रिसोर्ट सोनेभा जानिमा कार्यरत छिन् ।

ईटहरी निवासी लिना र विमल लामोसमय देखि प्रेम सम्बन्धमा रहँदै आएको पनि विमलले बताए ।

बमिल अहिले काठमाण्डौंमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा साविकको विजेता टोलि मच्छिन्द्र क्लबबाट फुटबल खेलिरहेका छन् ।

उनी लामो समयपछि घु्डाँको चोटबाट मुक्त हुँदै घरेलु फुटबलमा फर्किएका हुन् ।

बिमल गत बर्ष पुषमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा चोटिल भएका थिए । उनको दाहिने घुँडामा गम्भिर चोट लागेको थियो ।

कतारमा लामो सयमको उपचारपछि बिमल गत असोजमा स्वेश फर्किएका थिए ।

दाहिने घुँडामा गम्भिर चोट लागेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमलको उपचार कतारमा गर्ने ब्यउावस्था मिलाएको थियो ।

बिमल उपचारका लागि गत माघ ३ गते कतारको दोहा गएका थिए । उनी कतारस्थित एस्पेटारमा विशेष ओर्थोपेडिक र खेलकुद चिकित्सालय अस्पतालमा उपचारपछि नेपाल फर्किएका हुन् ।

फरवार्ड बिमलले गत सिजनको लिग मच्छिन्द्रबाटै खेलेपनि सबै खेल भने खेलेका थिएनन ।

बिमललाई नेपाली फुटबलमा एक निक्कै आशा गरिएको फुटबल खेलाडीको रुपमा हेर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस