काठमाडौंको छाउनीबाट पक्राउ परिन अचम्मकी महिला

मंसिर, काठमाडौं । जबर्जस्ती करणी मुद्धामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाईदिन्छु भनी ठगी गर्ने युवती पक्राउ परेका छन।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती घर भई काठमाडौंको सुकेधारा बस्ने २७ बर्षीया रबिना थापा छन।

जबर्जस्ती करणी मुद्दामा पक्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका चाईनिज नागरिक लिउ उईलाई थुनामुक्त गराई दिन्छौ भनि उनकी श्रीमती (चितवन रत्ननगर न।पा वडा नं ३ टाँडी घर भई हाल सुकेधारा बस्ने कमला भुषालसँग रबिनाले आफ्नो मान्छे वकिल रहेको र उनले न्यायाधिश सबै चिनेका छन्, सेटिङ मिलाई उनलाई धरौटीमा छुटाई दिन्छु भन्दै पैसा मागेकी थिइन।

सेटिङ गर्नको लागि खर्च लाग्ने र आफूले भने अनुसार रकम दिदै जानु भन्दै उनलाई निकाली दिन्छौ भनी बिस्वास दिलाई प्रलोभनमा पारी छुटाई दिने भनि २० लाख रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ।

कमला भुषालले रविना थापा र मञ्जु ओलीका विरुद्ध प्रहरी अपराध महाशाखामा जाहेरी दरखास्त पेश गरे पछि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई छाउनीबाट पक्राउ गरेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस