कतार जादा क्वारेन्टाइनको नयाँ नियम, नेपालीको लागि यस्तो ब्यवस्था !

दोहा : अफ्रिकामा कोभिड-१९ को नयाँ ड°रलाग्दो ओमिक्रन भेरिएन्ट देखापरेपछि कतार लगायत विभिन्न मुलुकले यात्रा नीति परिवर्तन गरेको छ ।

डिसेम्बर १,२०२१ देखि अति जो°खिमपूर्ण देशबाट कतार आउने यात्रुको लागि सरकारले क्वारेन्टाइनको नियम परिवर्तन गरेको छ।

अति जोखिमपूर्ण वर्गमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, इजिप्ट, लेसोथो, इस्वातिनी र बोत्स्वाना परेको छ । यी देशबाट आउने खोप लगाएका वा नलगाएका दुबै यात्रुले कतारमा बुधबार देखि ७ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ ।

कतारको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको स्थितिलाई मध्यनजर गर्दै हरियो, रातो, जोखिमपूर्ण र अति जोखिमपूर्ण वर्ग छुट्टयाएको छ ।

नेपालीको लागि क्वारेन्टाइनको नियममा परिवर्तन भएको छैन

यता नेपाली यात्रुको लागि क्वारेन्टाइनको नियममा कुनै परिवर्तन भएको छैन । नेपाल अझै जोखिमपूर्ण वर्गमा छ । हालसम्म कतार आउने खोप लगाएका यात्रुले दुई दिन र नलगाएका यात्रुले सात दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम छ

नेपालीको लागि कतार आउन चाहिने कागजात

१. एह्तेराजको वेबसाईटमा विवरण दर्ता

२. स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता फारम

३. होटेल बुकिङ

४. श्रम स्वीकृति / हवाई टिकट/७२ घन्टा भित्रको पिसिआर रिपोर्ट ५. कतार आईसकेपछि एह्तेराज एप

प्रतिक्रिया दिनुहोस