सुन किन्ने सोचमा हुनुहुन्छ , तोलामा कति पुग्यो हेर्नुहोस

आज सुनको मुल्यमा गि’रावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घ’टेर ८६ हजार ३ सयमा का’रोबार भइरहेको छ ।

यस अघि हिजो छापावाला सुन तोलाको ८६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ८५० रहेको छ । त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहदै आज प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन बि’क्री गरेर चाँदी ख’रिद गर्न थाल्दा सुनको मूल्य ओ’रोलो लाग्न पुगेको छ । अमेरिकाले अ’त्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बि’क्री गरेर चाँदी ख’रिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी मा’णिरत्न शाक्यले बताए ।

अमेरिकाले अ’त्याधिक चाँदी प्रयोग हुने सोलर पा’वरको अ’वधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडनले प्रस्ताव गरेको नीतिका कारण सुनको मूल्य घटेको हो ।’अमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर भन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस