३० बर्षिय भेषवहादुर थापाले के गरे यस्तो ? अब बाचुन्जेल जेल बस्नुपर्ने

काठमाडौं, २२ मंसिर – एक सय २९ वर्ष जेल सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी मंगलबार अदालतमा पेस गरेको छ ।

चोरी तथा डकैती मुद्दामा जिल्ला अदालतबाट एक सय २९ वर्ष ७ महिना १५ दिन कैद तोकिएका सिन्धुली तीनपाटन-१ बेलघारीका ३० वर्षीय मगर कान्छा भनिने भेषबहादुर थापा समातिएका हुन् ।

उनलाई १४ लाख ८३ हजार ३ सय ४७ रुपैंयाँ जरिवानाको समेत फैसला भएको थियो । डीएसपी मनोजकुमार लामाका अनुसार ६ जबर्जस्ती चोरी मुद्दा र १२ डाँका चोरी मुद्दामा थापा २०७१ वैशाख १७ र २०७२ जेठ ४ मा दोषी ठहर भएका थिए ।

प्रहरीले खोजविन गर्ने क्रममा उनलाई सोमबार साँझ पक्राउ गरिएको डिएसपी लामाले जानकारी दिनुभयो । पक्राउ परेका मेषबहादुरलाई आवश्यक कारवाहीका लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको छ ।

यस्तै, आफूलाई व्यापारीको रुपमा चिनाएर विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भइ काठमाडौंको टोखा बस्ने ४१ वर्षीय मन्दिप कुमार गुरुङ रहेका छन् ।

उनले विभिन्न व्यक्तिहरुलाई आफू ब्रिटिस आर्मीबाट अवकाश भइ अहिले व्यवसायमा लागेको र नवलपरासी जिल्लामा जग्गा प्लानिङसमेत गर्न लागेकाले रकम आवश्यकता परेको भन्दै विश्वासमा पारी विभिन्न व्यक्तिहरुबाट रकम असुलेका थिए ।

पछि उनले पीडितहरुलाई खातामा रकम नरहेको विभिन्न बैंकहरुका रु ३ करोड ४ लाख रकमको चेक जारी गरी ठगी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोलीले गुरुङलाई टोखाबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटन, ललितपुरवाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । गुरुङले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने भएकोले परिसरले सम्पर्कमा आउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस