तीन दिनदेखि हराइरहेकी दुई वर्षीया बालिकाको शव यस्तो अवस्थामा भेटियो

मोरङको रङ्गेली नगरपालिकामा दुई वर्षीया एक बालिकाको शव खा’ल्डोमा भेटिएको छ । रङ्गेली– २ कि बालिका निशा उराउ (युनिशा) को शव खा’ल्डो ख’ने’र गा’डे’को अवस्थामा मंगलबार दिउँसो फेला परेको हो । घरनजिकैको पैनीमा खा’ल्डो ख’ने’र पु’रेको अवस्थामा भेटिएको उनको शव भेटिएको मोरङ प्रहरीका प्रक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

मृतकका बुबा चन्द्र उराउका अनुसार आइतबारबाट बे’पत्ता निशाको शव मंगलबार घरदेखि करिब ६० मिटर टाढा रहेको पैनीमा शव भेटिएको हो ।

त्यसअघि आफन्तले दुई दिनसम्म उनको खोजी गरेका थिए । चन्द्र र उनको परिवारले सोमबार राति १ बजेसम्म खोजी गरेको थियो । तर मंगलबार भने छोरीको शव भर्खरै ख’नि’एको खा’ल्डो’मा भेटिएको चन्द्रको भनाइ छ ।

उनले भने, ‘हिजो बेलुकासम्म खा’ल्डो थिएन्, आज बिहान खा’ल्डो देखियो । खोतालेर हेर्दा छोरीको कपडा र शव भेटियो । राति १ बजेसम्म हामीले खोजिरहेका थियौं । बिहानपख खा’ल्डो ‘खने’र पु’रेको हुनुपर्छ ।’

बालिकाको घर नजिकै पोखरी र सुनसरी मोरङ सिचाई आयोजनाको शाखा(पैनी) नहर छ । पानीमा डु’बेको आशंकामा आइतबार र सोमबार बालिकाको खोजी भएको थियो । मंगलबार घर नजिकैको पैनीमा आ’लो खा’ल्डो देखिएपछि आफन्तले खोतालेका थिए ।

खा’ल्डोमा बालिकाको कपडा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खा’ल्डोबाट बालिकाको शव निकालेको हो ।

प्रतिक्रिया दिनुहोस