संगै मोटरसाइकलमा यात्रा गरिरहेका श्रीमान श्रीमतीलाई ट्रकले ठक्कर दिंदा दुबैजनाको मृत्यु

चितवन,चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठ’क्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।

वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पति सवार बागमति प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ५ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ ।

याे पनि,तीन महिनादेखि मणिपाल अस्पतालमा तालाबन्दी
पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमतिअनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाए । अझै कर्मचारीको माग सुनुवाइ भएको छैन ।

कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ । उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामाग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौताअनुसारका सेवासुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ ।कर्मचारी अमृत पौडेलले आफ्ना मागहरु नयाँ नभएको र सहमति कार्यान्वयनलाई मात्र अघि सारिएको बताए । ‘यी कुनै पनि माग नयाँ होइनन् । अस्पताल प्रशासन र कर्मचारी युनियन बीच भएको सहमति कार्यान्वयनको माग हो,’ उनले भने, ‘धेरै पटक घच्घच्यायौं । अस्पतालले सुन्दै सुनेन । बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’

कर्मचारीलाई सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदा दिनुपर्ने उनीहरूको माग छ । मणिपालमा सधैँजसो कर्मचारी र व्यवस्थापन पक्षको मनमुटाव बाहिरिन्छ । कहिले तलब वृद्धिको मागमा आन्दोलन हुन्छ भने कहिले सहमति कार्यान्वयनको दबाबका लागि । मणिपाल २०५९ सालमा खुलेको हो । आफ्ना मागबारे कर्मचारी युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए । श्रम कार्यालयले उपदान लगायतका सुविधा तत्कालै लागू गर्न निर्देशनात्मक पत्र दियो । तर, अस्पतालले त्यसलाई थन्क्याएर राखेको कर्मचारीको आरोप छ ।

‘नेपालको ऐनअनुसार खुलेको कम्पनीले नेपालकै श्रम ऐन मान्दैन । सरकारी निकायले दिएका निर्देशन पनि टेर्दैन,’ युनियनका अध्यक्ष जीवनबहादुर थापा भन्छन्, ‘ऐन नियम मान्दिनँ भन्ने अस्पतालमाथी सरकार किन चुप छ ?’

यसबाहेकका माग पनि कर्मचारीले अघि सारेका छन् । यसअघि गरिएको कोरोना बिमाको रकम पाउनुपर्ने, चाडपर्वमा खटाएका कर्मचारीलाई छुट्टै तलब सुविधा दिइनुपर्ने लगायत माग राखेका छन् । केही कर्मचारी कोभिड संक्रमणमा परेको र उनीहरूको बिमा गरिएको भए पनि अस्पतालले आफैँले बिमा रकम लुकाएको उनीहरूको आरोप छ । माग सुनुवाइ नभए केही दिनमै उपचार कक्षमा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस