पत्रकार बनेर लाखौं ठगी, होटलबाट रंगेहात समातिइन् [भिडियोसहित]

काठमाडौं । एक पत्रकार गम्भीर प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकी छिन् । आफूलाई सेलीब्रेटी पत्रकार बताउँदै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी हुन् ।

विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुलेको आरोपमा सोह्रखुट्टे चौकीले एक महिला पत्रकारलाई १६ लाख नगदसहित अनुसन्धानको दायरामा ल्याएको छ ।

उनले एक सहकारीसँग लामो समयदेखि ठूलो रकम असुलेको आरोप छ । कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् । विभिन्न समयमा गरेर ७ लाख लिएको बताइएको छ ।

यसरी पटक पटक पत्रकारको नाममा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।

जानकारी अनुसार एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् ।

भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेको बताइन्छ । अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् ।

उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो । ठगी धन्दामा उनी भने एक्लै छैनन् । उनको सात, आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । भिडियो

प्रतिक्रिया दिनुहोस