गोप्य मुद्धामा तिब्बती लेखकलाई १० वर्ष जेल सजाय

ल्हासा : तिब्बती लेखक गो शेराब ग्यात्सोलाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्धाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो ।

४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार व्यक्त गर्ने लेखकको रुपमासमेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए ।

सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो । हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ।

यिनै हुन् एक वर्षमा दुई पटक गर्भवती भएकी महिला, जन्माइन् ३ छोरी, चकित पार्ने घटनाको यस्तो छ रोचक काहानी !
लन्डन। एउटी आमाले पहिलो सन्तान जन्माएको ६ हप्तापछि फेरि गर्भवती भएको खुलासा गरिन् । त्यसपछि उनले जुम्ल्याहा बच्चा जन्माइन् । यसको अर्थ महिलाले एक वर्षमा ३ छोरी जन्माइन् । यो कथा ३१ वर्षीया शेली बुसको हो । उनीहरुको ३ वर्षकी छोरी ह्यास्ली छिन् जो पहिलो जन्मेको सन्तान हुन् । तीन छोरी जन्मनुअघि नै गर्भपतन गराएपछि यी दम्पतीको जीवनमा यो खुसी आएको थियो ।

शेली बुसले पहिलो सन्तानलाई जन्म दिएपछि नवजात शिशुसँग मिलाउन सिकिरहेको बताइन् । त्यसपछि एक दिन उनलाई थाहा भयो की उनको कोखमा दुई जुम्ल्याहा बच्चा हुर्किरहेको छ। हाइस्ली तीन महिनाको हुँदा नयाँ गर्भावस्था भएको पत्ता लागेको थियो। केही हप्तापछि बुशको जुम्ल्याहा बच्चा भएको खुलासा भयो। मिररको रिपोर्ट अनुसार घरमै बस्ने आमा शेलले आफ्नो पहिलो छोरी जन्मेको ११ महिनापछि हार्लो र ओक्लिनलाई जन्म दिइन्।

प्रतिक्रिया दिनुहोस