कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित

नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४३९० मत गन्दा उनले २८२३ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ३ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा १००० बढी मत पाइसकेका छन् ।

थापाले २८२३ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १४५५ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जितबाट कसैले रोक्न सक्दैन ।

को हुन् गगन थापा ?

गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२बाट राजनीतिक बृत्तमा चिनिएका हुन्। थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भयो ।

गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउनुभयो।

संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह के.सी.की छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गर्नुभयो। संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले बताउनुभयो।

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहा विद्यार्थी सङ्गठनमा लाग्नुभयो। नेविसंघको सदस्य हुनुभयो। २०५१ सालमा उन त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो। त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गर्नभयो। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सं’लग्न’ता बढ्यो। उन उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो।

जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्‍यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उहा ८, १० पटक जे’ल पर्नुभयो। २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो।

प्रतिक्रिया दिनुहोस