ज्ञानेन्द्रले गगन र विश्वप्रकाशलाई बधाई दिदैं भने- राष्ट्रघाती एमसीसी रोकेर मुलुकलाई बचाउनुहोस्

काठमाडौं । कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सबैले बधाई दिइरहेका छन् । सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सबैले रुपान्तरणको अभियान सफलताको कामना गरेका छन् ।

तर, गगन थापाको खरो आलोचकका रुपमा चिनिएका भ्रष्टाचारविरुद्धका अभियान्ता ज्ञानेन्द्र शाहीले भने भिन्न तरिकाले बधाइ दिएका छन् ।

उनले दुवै महामन्त्रीलाई बधाइ दिँदै विवादित एमसीसी परियोजना रोक्न अनुरोध गरेका छन् । अहिले चर्चामा रहेको अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशनले देशलाई डुबाउने भएकाले अब त्यसलाई रोक्न भूमिका खेल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा बधाइ दिँदै शाहीले भनेका छन्, ‘महामन्त्री हुनुभएकोमा दुवै जनालाई बधाइ छ । अब राष्ट्रघाती एमसीसी रोक्नुहोस्, मुलुकलाई बचाउनुहोस् । यही देशमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुहोस् ।’

साथै उनले सबैभन्दा बढी भ्रष्टाचारी राजनीतिक दलका नेताहरू नै भएकाले त्यसको सुरुवात आफ्नै पार्टीबाट गर्न सुझाव पनि दिएका छन् । उनले भनेका छन्, ‘भ्रटाचारी तपाईँकै पार्टीका नेताहरूलाई जेल हाल्ने वातावरण बनाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस