नामको सट्टा निक जोनसकी पत्नी लेखेपछि प्रियंकाकाे यस्ताे आक्रोश !

काठमाडौं , अभिनेत्री प्रियंका चोपडाको क्रेज विश्वभरि नै छ । बलिउडदेखि हलिउडसम्म आफ्नो सुखद् यात्रा गरिरहेकी प्रियंकाले केही वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरिन्। त्यसपछि प्रियंका र निक मिडियामा लाइमलाइटमा छन् ।

तर, प्रियंकालाई आफ्नै परिचय हुँदाहुँदै मिडियाले निक जोनसकी पत्नी भनेर सम्बोधन गरेको मन पर्दैन । हालै मात्र एक सञ्चारमाध्यमले उनको नामको साटोमा निक जोनसकी पत्नी भनेर सम्बोधन गर्दै समाचार सार्वजनिक भयो । यो समाचारमा आपत्ति जनाउँदै प्रियंकाले मिडियामाथि आक्रोश व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘निक्कै रमाइलो कुरा के छ भने, म अहिलेसम्म निक्कै नै सफल एक चलचित्रको फ्रेञ्चाइजको प्रमोसनमा व्यस्त छु । तर, अझै पनि मलाई ‘निक जोनसकी श्रीमती’ भन्दै सम्बोधन गरिन्छ । कृपया मलाई भनिदिनुहोस् कि अझै पनि महिलाहरुमाथि नै किन यस्तो हुन्छ ? के मलाई अब आफ्नो बायोग्राफीमा आफ्नो आईएमडीबी लिंक जोड्नु परेको हो ।’

प्रियंकाले आफ्ना पति निकलाई पनि यो पोष्ट ट्याग गरेकी छन् । उनी ‘द म्याट्रिक्स रिसरेक्सम’को प्रमोसनमा व्यस्त छिन् । यो चलचित्र डिसेम्बर २२ बाट हलमा र एचबीओबाट सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस