कसरी बन्यो म:म विश्‍वकै लोकप्रिय खान्की

काठमाडौँ – नेपाली समाजमा मःमलाई ओजनदार खाजाको रुपमा लिइन्छ । नेपालमा मःम नरुचाउने सायदै कमै होलान्। नेपाल घुम्न आउने हरेक विदेशीले मःमको स्वाद लिएकै हुन्छन् । विदेशी पर्यटकहरुले समेत मःमको स्वादलाई अ’त्याधिक रुचाउँछन्। एकपटक म:मको स्वाद लिएपछि जोकोही फेरि म:म खोज्दै होटल, रेष्टुराँ पुग्ने गर्छन्।

त्यसैले म:म नेपालमा मात्र नभएर विश्वमै लोकप्रिय खान्कीको रुपमा सूचिकृत भएको छ। नेपाली ‘स्टाइल’ को मःम टोकियोदेखि न्यूयोर्कसम्म प्रख्यात छ । मःमका पनि धेरै परिकार छन्। बफ, चिकेन, भेज, मःम नेपाली समाजमा निकै रुचाइन्छन्। मःमका पारखीहरुले बफ मःमलाई नै बढी रुचाएको पाइन्छ। कारोबार पनि बफ म:मकै बढी हुन्छ।

अमेरिकी संचारमाध्यम सीएनएनले मःमलाई विश्वकै सबैभन्दा स्वादिष्ट खानामा सूचीकृत गरेको छ। सीएनएनले चीन, तिब्बत र नेपालमा पाइने मःमलाई विश्वकै स्वादिष्ट खान्कीको रुपमा चित्रण गरेको हो । अमेरिका,बेलायत र चीनमा पनि मःमलाई ‘डम्प्लिङ’ भनेर चिन्छन् । नेपाली समाजमा मःम सर्वाधिक रुचाइएको खान्की भित्रपर्छ । मःम मासु,सागसब्जी वा पनिरबाट बनाउन सकिन्छ।

धेरै वर्ष पहिला काठमाडौंबाट व्यापार गर्न नेवारहरु तिब्बत जाने गर्थे । सोही बेलामा नेवारहरुले तिब्बतबाट मःम काठमाडौं भित्र्याएको बुढापाकाहरु बताउँछन्। मःम भन्ने शब्द तिब्बती शब्द ‘मोहमो’बाट अपभ्रंश भएको हो । तिब्बतमा मःमलाई मोहमो भनिन्छ । जुन नेपालमा पाइने मःम भन्दा आकारमा ठूलो हुन्छ । व्यापारीहरुले लाम्चो आकारलाई मःम र डल्लो आकारलाई ममचा भन्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस