प्रेमको मामिलामा निकै पक्का हुन्छन् यी ३ महिनामा जन्मने व्यक्ति, तपाई कुन महिनाको ?

काठमाडौँ, हरेक व्यक्तिको स्वभाव र व्यवहार फर फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार राशि र जन्म महिनाबाट पनि मानिसको स्वभारका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ।जन्म महिनाको हिसाबबाट तपाई कुनै व्यक्तिको लक्की नम्बर, लक्की कलर, राम्रो नराम्रो कुराका बारेमा पत्ता लगाउन सक्नुहुनेछ।आज हामी तपाईलाई तीन फरक महिनामा जन्मने व्यक्तिका बारेमा जानकारी दिदैछौँ। यी राशि हुने व्यक्ति रोमान्टिक र प्रेमको मामिलामा निकै राम्रा हुने गर्दछन्।

मे महिनामा जन्मने व्यक्ति
मे महिनामा जन्मने व्यक्ति आकर्षक र लोकप्रिय हुने गर्दछन्। यो महिनामा जन्मने व्यक्ति भिड्मा पनि पहिचान राख्ने खाले हुने गर्दछन्। किनकी यिनीहरुको आकर्षक व्यक्तित्वमा धेरै मान्छे लोभिने गर्दछन् र धेरै मानिसको ध्यान आफूतिर खिच्ने गर्दछन्।

यिनीहरुमा त्याग गर्ने प्रवृत्ति हुने गर्दछ र यिनीहरु संघर्ष गर्ने खाले हुने गर्दछन्। यिनीहरुको फेसन पनि निकै आकर्षक मानिने गरिन्छ। प्रेमको मामिलामा यिनीहरु निकै पक्का हुने गर्दछन्।
एक पटक कुनै व्यक्तिसँग प्रेम गर्यो भने उनीहरु त्यसलाई जीवनभर गरिरहने गर्दछन्। मे महिनामा जन्मने व्यक्ति आफ्नो प्रेमलाई लुकाएर राख्ने खाले हुने गर्दछन्।

अगस्टमा जन्मने व्यक्ति
अगस्टमा जन्मने व्यक्ति पैसाको मामिलामा कन्जूस हुने गर्दछन्। कम खर्च गर्न मन पराउने गर्दछन्। यस महिनामा जन्मने व्यकित पैसाको निकै महत्व दिने गर्दछन्।

जब यिनीहरुको साथमा पैसा आउन थाल्यो भने परिवार र पार्टनर बेकारको लाग्न थाल्दछ। तर यिनीहरु कुरा बुझने खाले हुन्छन्। यो महिनामा जन्मने व्यक्ति दूरदर्शी हुने गर्दछन् र पर्सनालिटीको मामिलामा अगाडि हुन्छन्।यिनीहरु आफ्नो काम र भविष्यलाई लिएर निकै गम्भिर हुने गर्दछन्। अगस्टमा जन्मिने व्यक्ति प्रेममा चाडै पर्ने गर्दछन्। तर प्रायस् यिनीहरुलाई धोका हुने गर्दछ।

जुलाईमा जन्मिने व्यक्ति
ज्योतिषका अनुसार यो महिनामा जन्मिने व्यक्ति जिद्दी स्वभावका हुने गर्दछन्। आफ्नो जीवनका हरेक निर्णय आफैले लिने गर्दछन्।

यस्ता मानिसलाई कहिलेकाही जीवनमा धोका पनि मिल्ने गर्दछ। यिनीहरु परिवारका बारेमा निकै चिन्ता गर्ने गर्दछन् भने सम्बन्धलाई बचाएर राख्ने गर्दछन्। यिनीहरुलाई एकता मन पर्ने गर्दछ। यिनीहरु आफ्नो पार्टनरका साथ निकै रोमान्टिक हुने गर्दछन्।

प्रतिक्रिया दिनुहोस