नौ महिने बच्चा एक कोठामा रुँ दै,अर्को कोठामा पति पत्निको यसरी गयो ज्या न!

एक दम्पत्ती आफ्ना सानो बालकलाई एउटा कोठामा एक्लै छोडेर अर्को कोठामा पासो लगाएको अवस्थामा फेला परेका छन्। ९ महिनाको बच्चालाई एउटा कोठामा एक्लै छो’डेर दम्पत्तीले दे’ह त्या’ग गरेका हुन् ।यो घटना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान मृ’त फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँ’दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

महिलाले घ’टना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्रहरी अनुसन्धानमा देखिएको छ । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए ।उनीहरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन ।

पल्लवीको वहिनीले सो म्यासेज पाएपछि गएर हेर्दा दिदी र भिनाजुलाई यस्तो अवस्थामा देखेकी थिइन् ।
उनले नै प्रहरीलाई खबर गरेकी हुन् । दोस्रो इण्डिरामा इंदिरापुरमको ज्ञान खण्ड १ मा बस्दै आएका थिए । निखिल नोएडाको एक निजी कम्पनीमा बिक्री विभागमा काम गर्ने गरेका थिए ।

दिदीको त्यस्तो म्यासेज पाएपछि बहिनीले सुरुमा आफ्नो साथीलाई भनेर दिदीको घरमा गएर बुझ्न लगाएकी थिइन् । आफु टाढा भएका कारण उनले साथीलाई दिदीको घरमा पठाएकी थिइन्।साथीले घ’टनाका बारेमा बताएपछि उनी पनि दिदीको घरमा आइन् । प्रहरीले घ’टनाको अनुसन्धान गरिरहेको जनाएको छ। पल्लवीले एक बर्ष पहिले जागिर छो’डि दिएकी थिइन् ।

उनी पति र छोराको रेखदेख गरेर घरमै बस्थिन् । उनका पति भने पति नोएडाको एक निजी फर्ममा काम गर्थे । प्रहरीले घ’टनास्थलमा कुनै नोट फेला नपरेको जनाएको छ । पल्लवीको बच्चा बहिनीले लिएर गएकी छन् ।

प्रतिक्रिया दिनुहोस