२० करोड वर्ष पुरानो रहस्य पत्ता लाग्यो !डायनोसरको यस्तो चिन्ह फेला पर्यो,

वार्सा, पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन्। पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ। राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन्।

डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन्। ‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं’ पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने। मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन्।

त्यस्तै, को हुन् त अल्बर्ट आइन्स्टाइन ?
बीसौँ शताब्दीका संसारका सबैभन्दा चर्चित व्यक्तिहरूको नाम लिने हो भने त्यो सूचीमा अल्बर्ट आइन्स्टाइनको नाम पर्छ । अझ विज्ञानको कुरा गर्ने हो भने वा सबैभन्दा महान् वैज्ञानिकको नाम लिने हो भने त यिनको नाम नै सबैभन्दा पहिले आउने गर्छ । उनलाई धेरैले सापेक्षताको सिद्धान्तको प्रतिपादकका रूपमा मात्र चिन्छन् तर उनका योगदानहरू भौतिकशास्त्रमा मात्र नभई अनेकन विधामा रहेका छन् ।

विज्ञानको क्षेत्रमा यदि अल्बर्ट आइन्स्टाइनबाहेक अरू कसैको नाम चर्चित छ भने ती ग्यालिलियो ग्यालिली, फ्रान्सिस बेकन र न्युटन मात्र हुन सक्छन् । त्यसैले त अल्बर्ट आइन्स्टाइनलाई बीसौँ शताब्दीका महान् वैज्ञानिक मानिन्छ । हामीलाई उनको व्यक्तिगत, सामाजिक र वैचारिक जीवनबारे कम नै थाहा छ । संसारका महान् भौतिकवादी उनी पुँजीवादी विसङ्गतिको आलोचक हुन्।

उनले समाजवाद नै उत्कृष्ट समाज हो भनी व्याख्या गरेका छन् । विश्व शान्ति र निःशस्त्रीकरणको समेत अभियन्ताका रूपमा उनी परिचित छन् । त्यसका साथै उनको व्यक्तिगत जीवन पनि अनेकन उतारचढाव हुँदै अगाडि बढेको छ । आफ्नो मनमौजीपन र बिर्सने बानीले उनलाई दुःख दिए पनि ती घटना निकै रोचक लाग्दा छन् । मार्क्सवादीहरू फ्रान्सिस बेकन र अल्बर्ट आइन्स्टाइनलाई आफ्ना समाजवादी नेताहरूको सूचीमा राख्न रुचाउँछन् ।

रेफ्रिजेरेटर, फोटोइलेक्ट्रिक सेल्स, लेजर, न्युक्एिर पावर, फाइवर अप्टिक्स, सेमिकन्डक्टर आदिको आविष्कार गरेका आइन्स्टाइनको दार्शनिक चिन्तन निकै व्यापक र गहन थियो । यस्ता वैज्ञानिक आविष्कार बाहेकका क्षेत्रमा पनि उनी परिचित छन्।

प्रतिक्रिया दिनुहोस