शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्रै हुनुहुँदैनः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभएको छ ।

त्रिभूवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गर्नुभयो । ‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ,’ उहाँले भन्नुभयो, ‘सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ ।’

प्रधानमन्त्रीले दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गर्नुभयो । उहाँले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायत लगायतले सम्बोधन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस