चीनले अन्तरिक्षमा धान फलाए धर्तीमा ल्याएको खुलासा, नाम राखियो स्वर्गको धान ..

काठमाडौं । स्वर्गका बारेमा जानकारी नभएका मानिसहरु सयदै हुनुपर्छ । स्वर्ग र नर्कका बारेमा हामी सबैले सुनेका छौँ ।यो बीचमा आज हामी स्वर्गको धान लिएर आएका छौँ । पछिल्लो समय चीन विश्वभर विभिन्न रेकर्डहरू बनाउँदैछ ।

अब चीन विश्वभर अन्तरिक्षमा धान उत्पादन गरेका कारण चर्चामा रहेको छ ।अन्तरिक्षमा उब्जाउ भएको धानलाई ‘अन्तरिक्ष धान’ को नाम दिइएको छ । चीनले बीउको रूपमा पृथ्वीमा पहिलो पटक अन्तरिक्षमा फलेको धान लिएर आएको हो ।

तपाईंलाई जानकारी गराउ कि गत वर्ष नोभेम्बरमा, चीनले धानको बीज चन्द्रयानको साथ अन्तरिक्षमा पठाएको थियो ।१५०० धानको दाना अन्तरिक्षयानको माध्यमबाट पृथ्वीमा ल्याइएको हो । त्यसको तौल ४० ग्राम रहेको छ । अन्तरिक्षबाट ल्याइएको धान दक्षिण चीन कृषि विश्वविद्यालय परिसरमा रोप्ने तयारी चीनको रहेको छ ।

जानकारी अनुसार ति धानका बीउहरू अन्तरिक्षमा ब्रह्माण्डको विकिरण र शून्य गुरुत्वाकर्षणको सम्पर्कमा आएका थिए र त्यसपछि पृथ्वीमा फिर्ता ल्याइयो । बीजको कुल तौल ४० ग्राम रहेको छ भने लम्बाई १ सेन्टिमिटर छ ।

गुआङ्ग्डोङ्गमा दक्षिण चीन कृषि विश्वविद्यालयको अन्तरिक्ष प्रजनन अनुसन्धान केन्द्रका उप निर्देशक गुओ ताओले सबै भन्दा राम्रो बीज प्रयोगशालामा तयार गरेर त्यसपछि ती खेतमा रोप्ने बताउनुभयो ।

केही समय अन्तरिक्षको वातावरणमा रहेको धानको बीजमा धेरै परिवर्तनहरू आएका छन् । त्यस्तो धानलाई पुनः फिर्ता ल्याएर पृथ्वीमा रोप्नाले बढी फल दिने विश्वास गरिएको छ ।

त्यस्ता प्रयोगहरू धान मात्र नभई अन्य बालीनालीहरूमा पनि गरिएको छ । चीनले १९८७ देखि धान र अन्य बालीहरूको बीज अन्तरिक्षमा पठाउँदै आएको छ ।

तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ कि चीनले हालसम्म २०० भन्दा बढी बालीसंग यस्तो प्रयोग गरिसकेको छ । चीनले अन्तरिक्षमा पठाएका बालीहरुमा कपासदेखि टमाटरसम्म समावेश छन् ।

चिनियाँ मिडिया रिपोर्टका अनुसार २०१८ मा अन्तरिक्षको बीज चीनमा २४ लाख हेक्टर जमिनमा खेतीका लागि प्रयोग गरिएको थियो ।

सोही समयमा चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अन्तरिक्ष धानलाई स्वर्गको चामल पनि भनिरहेका छन् । चीनले चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस