सङ्क्रमणका कारण माघको दोस्रो साता देखि आउँन सक्छ ठुलो भयाभह, यस्तो छ आँकलन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता संक्रमण निकै भ’याभ’ह हुने आँकलन गरेकाे छ। नेपालमा संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयकाे आँकलन छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक २० हजार पुग्नसक्ने जानकारी गराएका हुन्। जसमा झन्डै १० हजार बिरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजार बढी हुनसक्ने बताए। उनले अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने आकलन गरे।

डा पौडेलको आँकलन अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ। यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको आँकलन रहेको छ।

कस्तो छ तयारी ?

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रालयका सचिव डा. रोशन पोखरेलले होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिइएको र त्यसको संचालन प्रदेश सरकारले गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाए। उनले कोभिड विरुद्ध जनशक्ति परिचालन गर्न समस्या भएको भन्दै उनीहरुलाई भत्ता उपलब्ध गराउने काममा सहयोग गर्न समितिका सदस्यहरुलाई आग्रह गरे। सचिव पोखरेलले सरकारले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए।

उनका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन मन्त्रालयले राम्रो तयारी गरेको छ। उनका अनुसार प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, वाग्मती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता वृद्धि गरिएको छ।

खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।

खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय सरकारले गरेको छ। सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले खोप अभियान चलाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने उनले बताए। चार दिन विद्यालय खोल्ने निर्णय भएको भन्दै कोइरालाले सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयन गर्ने बताए।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस