छोरी वामिकाको तस्बिर सुटुक्क खिचेर भाइरल बनाइदिएपछि विराट र अनुष्का रिसाए, दिए यस्तो अभिब्यक्ती

काठमाडौ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले छोरीको जन्म भएपछि उनको तस्बिर सार्वजनिक नगर्न पत्रकारहरुलाई अपिल गरेका थिए । छोरीको गोपनियताको ख्याल राख्न उनीहरुले सबैलाई आग्रह गरे । उनीहरुले अहिले सम्म आफ्नी छोरी वामिकाको तस्बिर सार्वजनिक गरेका छैनन् । तर एक जना फोटो पत्रकारले उनकी छोरीको तस्बिर खिचेर सार्वजनिक गरिदिएका छन् ।

त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा भााइरल भइरहेको छ । दक्षिण अफ्रिका विरुद्धको तेस्रो वन डेमा अनुष्का र वामिका पनि क्रिकेट रंगशालामा देखिएका थिए । सोही बेला वामिकाको तस्वीर एक जना फोटोग्राफरले लिएका थिए । आफुहरुको इच्छा विपरित छोरीको तस्बिर खिचेर सामाजिक सञ्जालमा भाइरल गरिदिएपछि उनीहरु रिसाएका छन् ।

छोरी वामिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि विराट र अनुष्काले अहिले छोरीको तस्वीर शेयर नगर्न आग्रह गरेका छन् । उनीहरुल अपिल जारी गर्दै यस्तो भनेका हुन् ।

‘हाम्रो छोरीको तस्वीर हिजो स्टेडियमा क्लिक गरिएका हो, जुन लगातार शेयर भइरहेको छ । हामीलाई थाहा थिएन क्यामराको नजर हामीमाथि थियो । छोरीको तस्वीरको बारेमा हाम्रो धारणा पहिला जस्तो नै छ । वामिकाको तस्वीर क्लिक नगर्न र नछाप्न हामी अनुरोध गर्दछौं, यसको कारण पनि हामीले पहिला नै बताइसकेका छौं,’ विराट र अनुष्काले भनेका छन् ।

यो पनि, अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले चलचित्र ‘निरहुआ चलल लन्दन–२’ र ‘हनुमान की गली’मा अभिनय गर्ने भएकी हुन् ।

शिल्पाले यी दुई चलचित्रमा भोजपुरी सुपरस्टार दिनेशलाल यादवसँग जोडी बाँध्ने छिन् । यी दुवै फिल्म सोनु खत्रीले निर्देशन गर्नेछन् । दुवै फिल्ममा शिल्पा औपचारिक रूपमा अनुबन्धित भएकी छन् ।

शिल्पाले रहरले भन्दा पनि भोजपुरीमा आफ्नो स्थान बनाउन काम गर्न लागेको प्रतिक्रिया दिएकी छन् । शिल्पा अभिनित यी दुई चलचित्रमा अभिनेत्री अम्रपाली दुवेको पनि भूमिका देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस