नयाँ अध्ययनको दाबी– पृथ्वी तीव्र गतिमा चिसिँदै, मानव अस्तित्व नै खतरामा !

वासिङटन । हालै गरिएको एक अध्ययनले पृथ्वीको केन्द्र अहिले तीव्र गतिमा चिसिरहेको देखाएको छ । जसले अब पृथ्वीमा कहिलेसम्म मानव अस्तित्व रहन सक्छ भन्ने प्रश्नहरू उब्जाएको छ। तर, त्यो चिसिने प्रक्रियाको कुनै निश्चित समय तालिका छैन । यसरी चिसिँदै जाँदा अन्तत: पृथ्वी पनि मंगल ग्रहजस्तै ठोसमा परिणत हुन हुने वैज्ञानिकहरूको दाबी छ ।

पत्रकार सम्मेलनमा अध्ययनका प्रमुख लेखक तथा ईटीएच जुरिच प्राध्यापक मोतोहिको मुराकामीले भनेका छन्, “हाम्रो अध्ययनको प्रमाणले पृथ्वीको गतिशीलताबारे नयाँ दृष्टिकोण दिन सक्छ । ती परिणामहरूले बुध र मंगलजस्ता चट्टाने ग्रहजस्तै पृथ्वी पनि चिसिरहेको र सोचिए भन्दा निकै तीव्र गतिमा निष्क्रिय हुँदै गइरहेको सुझाउँछन् ।”

पृथ्वीको बाह्य सतह र म्यान्टलबीचको भागमा पृथ्वीको आन्तरिक ताप अन्तक्रिया चलिरहेको छ । वैज्ञानिकहरूको टोलीले पृथ्वीको केन्द्रीय भागबाट कति ब्रिडम्यानाइट प्रसार हुन्छ र केन्द्रीय भागबाट म्यान्टलमा उच्च ताप बहिरहेको छ भन्ने विषयमा अनुसन्धान गर्दा सामान्यतया ताप खेर गइरहेको र पहिला सोचिए भन्दा केन्द्रीय भाग छिटो चिसिँदै गइरहेको अध्ययनले देखाएको छ।

थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ । महिलाहरुमा यो रोग बढि देखिन्छ। यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबडी, मुटुको धड्कन बढ्नुजस्ता समस्या देखापर्न थाल्छ।

यसको तत्काल उपचार आवश्यक छ । समयमा नै उपचार गरी यो रोगलाई नियन्त्रणमा लिन सकिन्छ । यसका साथै, यो रोग लागेपछि के खाने के नखाने भन्ने कुराको पनि विशेष ध्यान दिनुपर्छ । आज हामी तपाईंलाई थाइराइड रोगी कस्ता खानेकुरा खानुहुँदैन भन्ने बारे जानकारी दिन्छौं।

क्याफिनः
हुन त क्याफिनले थाइराइडलाई प्रत्यक्ष रुपमा बढाउँदैन तर यसले ती समस्यालाई बढाउँछ जुन थाइराइडका कारण उब्जिएको छ । उदाहरणको लागि छटपटी र अनिन्द्रा । यसकारण तपाईं क्याफेनयुक्त– कफी, चकलेटलगायतका खानेकुराबाट टाढा बस्दा नै राम्रो।

आयोडिनयुक्त खानेकुराः
थाइराइड ग्रन्थीले हाम्रो शरिरबाट आयोडिन लिएर थाइराइड हर्मोनलाई पैदा गर्ने गर्दछ । त्यसकारण यो रोग लागेकाहरुले धेरै आयोडिन भएको खानेकुरा खानु हुँदैन । समुन्द्रि खाना र आयोडिन भएको नुन नखानुहोस्।

मद्यपानः
थाइराइडका बिरामी मद्यपानबाट निकै टाढा बस्नुपर्छ । रक्सीजन्य पदार्थले शरिरको ऊर्जाको स्तरलाई प्रभावित गर्ने गर्दछ। यसले थाइराइड रोगीलाई अनिन्द्राले सताउने गर्दछ।

प्रतिक्रिया दिनुहोस