घरकी लक्ष्मी स्त्रीले हरेकदिन बिहान यी काम गर्दा चम्किन्छ परिवारको भाग्य !

तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् ।यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ दिँदैन ।कुण्डली को दोषाबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ । शास्त्रमा भनिएको छ–वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ ।

हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँने बताइन्छ ।अझ स्त्री मान्छेले विहान सबेरै उठेर यस्ता काम गर्दा वैभव प्राप्त हुने शास्त्रले जनाउँछ ।विहान सवेरै उठेर पूजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ। ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ।महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धित कुनै पनि काम राम्रोसँग पूरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन्। लक्ष्मी माताको कृपा पाउनका लागि केही उपाय छन्।

ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पूजा पाठ गर्दा त्यसको फल पतिसहित घर परिवारलाई मिल्ने विश्वास गरिन्छ। शास्त्र अनुसार विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रता हुन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाईमा ध्यान दिनपर्छ ।स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पूजा गर्नुपर्दछ। पूजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ। पूजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ। त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। यस गर्दा सुख, सन्तुष्टि र बैभव मिल्ने विश्वास गरिन्छ ।

यसैगरी विधुवा महिलाले सेता कपडा लगाउने गरेको देख्ने गरेका छौं । तर, किन लगाउँछन् उनीहरुले सेता लुगा भन्नेबारेमा कमैलाई मात्रै थाहा होला । प्राचीनकालमा सबै प्रकारका मांगलिक कार्यमा सेतो रंग नै प्रयोग गरिन्थ्यो । पुरोहितहरू पनि सेता लुगा लगाउँथे । तर, पछि अन्य रंगहरू मांगलिक कार्यमा प्रयोग हुन थालेपछि बिस्तारै सेतो लुगालाई प्रतिस्थापन गर्न थाले ।मृत्यु चाहिँ अमंगलको सूचक हो त्यसैले मृत्युसंस्कारमा सेतोको प्रयोग रहिरह्यो ।

अनि महिलाप्रतिको विभेदकारी नीतिनियमका कारण महिलाले चाहिँ विधवा भएमा जीवनपर्यन्त सेतो वस्त्र लगाउनुपर्ने, पुरुषले चाहिँ विधुर भएमा जस्तो लुगा लगाएपनि हुने चलन चलाइयो । तर, अहिले मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रंगीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् ।यद्यपी सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन् । खासमा सेतो रंग भनेको अन्य रंगहरूको अनुपस्थिति हो ।

आफ्नो आमाबुवाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्वपूर्ण व्यक्ति हो । त्यही पतिको मृत्युका कारण जीवन रंगहीन भएको महसूस गर्ने महिलाले सेतो लुगा लगाउनु उपयुक्त नै हो ।सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा । सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ ।

प्रतिक्रिया दिनुहोस