‘इम्युनिटी बढाउन साथी–भाईको सल्लाहमा गुर्जो खाँदा स्वास्थ्य गम्भीर बन्यो’

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफूलाई गुर्जो सेवन गरेका कारण स्वास्थ्यमा जटिलता आएको बताएका छन्।।

माओवादी केन्द्रका महासचिवको बलिया दावेदारका रुपमा रहेका नेता पुनले एक टिभी कार्यक्रममा बोल्दै डाक्टरले जडिबुटी सेवन नगर्नु भनेको अवस्थामा आफूले गुर्जो खाँदा स्वास्थ्यमा थप जटिलता थपिएको उल्लेख गरेका हुन्।

‘डाक्टरहरुले हर्बल तथा जडिबुटी नखानु भन्नुभएको थियो। तर पछिल्लो समय कोरोनाको पहिलो र दोस्रो लहरमा साथीभाइ सबैले गुर्जो दिए अनि टुक्रा राखेर ग्रीन टी जसरी खाइयो,’ उनले भने, ‘५६ महिना त्यसरी खाएको त्यसले लिभरमा ‘टकसिक’को रुपमा असर गरेको पाइयो।’

प्रतिक्रिया दिनुहोस