विदेशमा बसेर केटी जिस्काउँदै हुनुहुन्छ होसियार ! विमानस्थलबाटै पक्राउ परिएला

वैदेशिक रोजगारीमा हुँदा महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जना विमानस्थलबाटै पक्राउवैदेशिक रोजगारीमा भएको बेला उतैबाट नेपालमा एक महिलालाई ‘ब्ल्याकमेल’ गर्ने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थ्लबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीबाट घर फर्किन लागेका कास्की रुपा गाउँपालिका–७ का ३१ वर्षीय मुक्तिनाथ खनाललाई महानगरीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नेपालमा एक जना महिलालाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर म्यासेन्जरमा कुराकानी गर्ने र ललाइफकाइ, डर धम्की देखाएर ती महिलाको नाङ्गो फोटो तथा भिडियो प्राप्त गरि उनलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए ।

उनले ती फोटो पीडित महिलाको श्रीमान् तथा आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा कुन देशमा गएको भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस