वि.पी. कोइराला क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. पौडेलद्वारा पदभार ग्रहण

चितवन- बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले पदभार गर्नुभएको छ ।

भरतपुर महानगरकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न पदभार समारोहमा अस्पतालका अध्यक्ष विजय न्यौपानेले स्वागत गर्नुभएको थियो ।

पदभार समारोहमा मेयर दाहालले क्यान्सर अस्पतालका विरामीहरुको पक्षमा जनमुखी कार्य गर्न सुझाव दिनुभयो । मेयर दाहाले भरतपुर रहेको अस्पताललाई विश्व मानचित्र अगल पहिचान दिने काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा नवनियुत्त कार्यकारी निर्देशक डा. पौडेलले अस्पताललाई उचाइमा पुर्‍याउने बताउनुभयो । उहाँले केही नयाँ रचनात्मक देखिने गरी काम गर्ने प्रतिवद्वता समेत जनाउनुभयो

प्रतिक्रिया दिनुहोस