४० वर्ष सम्म छोरा कुरेर बसेकी ८७ वर्षकी धनमायाले संसार छो डिन्

काठमाडौ । भारतको जे लमा ४० वर्ष विताएका छोरा आएको केही महिनामै आमाको नि धन भएको छ । इलामकी धनमाया तिम्सिनाको नि धन भएको हो ।केही महिना अघि नेपालको मिडियामा निकै चर्चा पाएकी धनमायाले यो संसार छोडेकी छन् । उनले आफ्नो छोराको ४० वर्ष प्रतिक्षा गरिन् । कुनै ग ल्ती नगरी भारतको जे लमा उनका छोरा थिए । बिना सुनुवाइ चार दशकसम्म भारतको पश्चिम बंगालका विभिन्न जेलमा राखिएका उनका जेठा छोरा दुर्गाप्रसाद घर फर्केर आएपछि उनी निकै खुसी थिइन् ।

छोरासंग भेट भएको एक वर्ष नहुँदै ८७ वर्षकी धनमायाको नि धन भएको छ । उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बाकस्थित घरमै नि धन भएको हो। धनमायाको स्वास्थ्यमा कुनै ठूलो समस्या देखिएको थिएन । केही दिन देखि उनको खुट्टा सुनिएको नाति गोपालले बताए । उनीहरु हजुरआमालाई अस्पताल लैजाने तयारीमा थिए । तर आइतवार विहानै धनमायाको नि धन भयो ।

दुर्गाप्रसाद गोपालका ठूलोबुवा हुन्। कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर पोहोर साल घर आइपुगेका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन सकेनन्। चार दशक जे लमा बिताएकाले होला उनलाई गाउँमा निकै गाह्रो भयो। गाउँमा असहज भएपछि दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको थियो।

उनै दुर्गाप्रसादलाई आमासंग भेटाउन भन्दै लिन विराटनगर गएका थिए गोपाल तर दुर्गा प्रसादले आमाको अन्तिम मुख हेर्न पाएनन् । चार दशकदेखि अन्यायपूर्ण तरिकाले जेलमा राखिएका दुर्गाप्रसादलाई तत्काल पाँच लाख भारू क्ष तिपूर्ति दिन कलकत्ता उच्च अदालतले केही साताअघि पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो। गत मंसिर २२ गते अदालतले छ साताभित्र तिम्सिनाको खातामा पैसा हालिसक्नु भनेर आदेश दिएको भए पनि उनले अहिलेसम्म पैसा पाएका छैनन्।

दुर्गा प्रसाद नेपाल आएपछि उनका बारेमा नेपालका धेरै मिडियाले समाचार बनाएका थिए । बृद्ध अवस्थामा छोराको पर्खाइमा रहेकी आमालाई छोरा भारतको जे लमा छन् भन्ने समेत थाहा थिएन । सुनुवाई नै नगरी ४० वर्ष अनाहकमा जे लमा बस्नु परेका दुर्गा प्रसादको जिवन अझै पनि सामान्य छैन । उनी अन्य ब्यक्तिसंग घुलमिल हुन सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस