विवाह अघि गर्भवती भएकी रिहानाले सार्वजनिक गरिन् बेबी बम्प

एजेन्सी । हलिउड गायिका रिहाना विश्वकै धनि मध्य एक हुन् । उनी फोर्ब्स अर्बपतिको सूचीमा परेकी छन् । हाल सम्म अविवाहित रहेकी रिहानाले आफ्नो एक तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा उनको बेबी बम्प देखिएको छ। विवाह अघि देखिएको उनको बेबी बम्पको अहिले सामाजिक सञ्जालमा चर्चा छ ।

३३ वर्षकी अविवाहित रिहानाले सोमबाार न्युयोर्क सिटीमा आफ्नो बेबी बम्प शो गरे पछि चर्चा सुरु भएको हो । रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतिक्षा गरिरहेको खबर डेली मेलले लेखेको छ। गुलावी रंगको ज्याकेटमा प्रेमीको हात समाएर हिँडीरहेकी रिहाना निक्कै खुशी देखिएकी छिन्।

मेकअप र फेसन ब्रान्ड व्यवसायको कारण फोर्ब्स अर्बपतिको सूचीमा परेकी रिहाना कुन महिनामा आमा बन्दैछिन् भनेर खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस