गर्भवती महिलाको पेटबाटै शिशु गायब भएपछी

कहिलेकाहीँ यो दुनियामा के के सम्म मात्र देख्नु र सुन्नुपर्छ हँ ? हुँदा हुँदा अब गर्भवती महिलाको पेटबाटै शिशुहरु गायब हुन थालेका छन् । घटना भारतको राजस्थानको हो । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो ।

गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । त्यहाँ डाक्टरहरुले मन्जुलाई मृत घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्टमार्टम गर्यो तब सबैलाई झसँगै पार्ने कुराको खुलासा भयो ।

पोष्टमार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी गर्भवती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो ।तर पोष्टमार्टम गर्ने डाक्टरहरुले भने मन्जु गर्भवती नै नरहेको

र उनको पाठेघरमा ट्युमर पलाएका कारण पेट बढेको हुँदा उनी गर्भवती भएको भन्ने भ्रम परेको दाबी गरे । यद्यपि गर्भवती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस