दिए आफ्नै श्रीमती साथीलाई उपहार र भने ‘मसँग दुईवटी थिए एउटी दिएँ’

काठमाडौँ । सुन्दै अनौठो लाग्यो। बहिनी विमलाले यसो भनी सक्दा-नसक्दै म बेस्सरी हाँसे।म हाँसेको देखेर उनी पनि हाँसिन्। एकछिनपछि म आधा हाँसे, आधा गम्भीर भएँ। ‘यस्तो पनि हुन्छ? अनि झम्केवीरले मान्यो त?’ मैले सोधें। गाउँभरिमा ताम्बागान्बाहरुले (तामाङ समाजका भद्रभलादमीहरु) भनेपछि दुवै जनाले मान्यो नि।’ उनले भनिन्।

पोहर साल महोत्तरीको खयरमारामा हामी दाजुबहिनीबीच भएको सम्वाद हो यो। गाउँबाट काठमाडौं आउँदै गर्दा गाउँको बसपार्कमा संयोगले भेट भएको थियो कल्दुरसँग। उनी बजारमा किनमेल गरेर घर गइरहेका थिए। गाडी छुट्ने समय भइसकेकाले त्यसबेला उनीसँग बोल्न पाइएन।

यसपालि दशैंमा त्यो अनौठो तर उदाहरणीय जोडीसँग भेट्ने चाहना निकै थियो। त्यही चाहाना मेट्न म उनीहरुको घर पुगेँ।मध्य दशैंको दिन। मानिसहरु आ–आफ्नै काममा व्यस्त थिए। पर्वमय भएको थियो गाउँ। दशैं भित्रिएको संकेत बच्चाबच्चीको नयाँ नाना र आगनमा सुकाएको सुकुटीको दृश्यले दिइरहेको थियो।

ती सबै दृश्यहरु छिचोल्दे म उनको घर गएँ। बुढुवा खोलाको छेउमा उनको घर। घरमाथि बाँसघारी। छेउमा केराका केही बोटहरु। घरमुनी थोरै धान फल्ने खेत। उनी त्यही खेतमा काम गरिरहेका थिए।छेउमै थिइन्, उनकी जीवनसंगिनी। घरको वरीपरी ४/५ जना भल्ट्याङभुल्टुङ नानीहरु खेलिरहेका थिए। दशैंको रौनक त्यति थिएन। कामको चटारो देखिन्थ्यो। खेतमा काटेको धान बेस्सरी पानीले झिजाएछ। उनीहरु त्यही धान सम्हाल्न व्यस्त थिए।

त्यसपछि उनी कहिले बाटो खन्न ताप्लेजुङ पुगे, कहिले ढुङ्गामा जाली भर्न सिराहाएकदिन गाउँमा इँटाभट्टामा राम्रो कमाइ हुने हल्ला चल्यो। दशैंतिहारपछि घरमा ताला लाग्न थाल्यो। बालबच्चा च्यापेर नाइट बस चढी, काठमाडौं पुग्नेको ताँती बाक्लो हुँदै गयो। त्यही ताँतीमा पछि लागेर कल्दुर ६५ सालमा काठमाडौं आइपुगे।

उनी आँखा मिच्दै कलंकी ओर्लिए। उज्यालो हुँदानहुँदै ठेकेदारले उनलाई पुर्‍यायो, भक्तपुरको इँटाभट्टामा। पुस माघको जाडोमा बिहान ४ बजे उठेर माटो मुछ्नु, घामको व्यग्र प्रतीक्षा गरेर दिन बिताउनु, बेलुकी काँचो इँट्टाले बनेको छाप्रोमा बस्नु उनको दिनचर्या हुन थाल्यो। ‘एउटा इँट्टा बनाको आठ आना दिन्थ्यो।’ आलीमुनि पिच्च थुक्दै उनले सुनाए।

प्रतिक्रिया दिनुहोस