मन मिलेर प्रहरीसँग बारम्बार शा री रि क स म्पर्क, विवाह गर्न नमानेपछि फ से

काठमाडौं, वर्तमान समयमा विवाहपूर्व हुने सम्बन्ध सामान्य भैसकेको छ । तर यसले समाजमा अपराध पनि बढाएको छ ।

यो बीचमा भारत, उत्तर प्रदेशको महोबा जिल्लामा एक डरलाग्दो घटना घट्यो । त्यहाँका एक एक प्रहरी जवानमाथि विवाहको बहानामा केही वर्षदेखि शारीरिक शोषण गरेको आरोप लागेको हो ।मायामा धोका पाएकी युवतीले विष सेवन गरेर जीवन त्याग गर्ने प्रयास गरेको बताइएको छ । तर उनलाई तत्कालै अस्पतालमा भर्ना गरियो र उनको ज्यान जोगियो ।

प्रहरी जवान विरुद्ध जबरजस्ती करणी सहित अन्य धारामा मुद्दा दर्ता गरिएको छ । पनवारी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कानपुर गाउँपालिका निवासी भएको बताइएको छ । जो विगत केही वर्षदेखि एक युवतीसँग लिभ इन रिलेशनशिपमा बस्दै आएका थिए ।

युवतीले उनलाई विवाहका लागि लगातार दबाब दिँदै आएकी थिइन् र आरोपीले यस विषयमा टाउको आनाकानि गर्दै आएका थिए । दुवैबीच झगडा भएपछि युवतीले विष सेवन गरिन् ।
तत्कालै प्रहरी जवानले उनलाई अस्पताल भर्ना गरे । त्यसपछि पूरै घटना बाहिर आयो । पीडित महिला प्रहरी जवानसँग भाडाको कोठामा बस्ने गरेको बताइएको छ । दुवै श्रीमान्–श्रीमतीजस्तै बस्दै आएका थिए ।

तर उनले धेरै पटक प्रहरी जवानसँग बिहेको लागि अनुरोध गरिन् । तर उनले यो कुरालाई पटक पटक बेवास्ता गरिरहे । यसबीचमा दुवैबीच पटकपटक झगडा भयो । जवानको व्यवहारबाट डराएकी उनले जीवन त्याग गर्ने निर्णय गरेकी हुन् ।

महोबाका प्रहरी उपरीक्षक सुधा सिंहले जानकारी पाएलगत्तै अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाउँदै पीडितको उजुरीका आधारमा गम्भीरताका साथ अभियुक्त हवल्दार विरुद्ध दफा ३७६ लगायत अन्य मुद्दा दायर गर्न निर्देशन दिएका छन् । त्यसपछि प्रहरीले आरोपितमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस