उदयपुरमा घरबाट हिडेको १० दिनपछि २७ वर्षीय युवक मृत फेला

उदयपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कटारी नगरपालिका वडा नम्बर ४ कटारी बजारका २७ वर्षीय रवीन तामाङ मृत अवस्थामा फेला परेका हुन् ।उदयपुर र सिन्धुली जोड्ने सुनकोसी नदीमा पौडी खेल्ने क्रममा तामाङ बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका तामाङ १० दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका वडा नम्बर १४ घुर्मी नजिक फेला परेको थियो ।शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।यही माघ १५ गते सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा तामाङ बेपत्ता भएको जानकारी सहित परिवारजनले प्रहरीमा खबर गरेको थियो ।

रिवारको जोहेरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजी गर्दै जाँदा स्थानीयको सहयोगमा मंगलबार शव फेला पारेको हो ।रवीनको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको उदयपुर प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।
यो पनि:-छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस