पुष्पाुबाट झनै चम्किएको रश्मिकाको रोजाई

दक्षिण भारतीय चलचित्र ‘पुष्पा : द राइज’ले बक्स अफिसमा तहल्का मच्याएको छ। यसको चर्चा अहिले पनि सेलाएको छैन। मूलत तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भर्सनमा पनि निर्माण गरिएको छ।दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दाना‘ पुष्पा’ को मुख्य भूमिका रहेको छन्। ‘पुष्पा’ चर्चाको शिखरमा पुगेपछि अभिनेत्री रश्मिकाको पनि चर्चा चुलिएको पाईन्छ । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि तीव्र रुपमा बढिरहेको छन्।

कर्नाटकमा जन्मिएकी रश्मिका पढाइमा पनि निकै तेज थिइन्। साइकोलोजीमा उनले स्नातक गरेकी छन्। साथै उनले एमएस रमैया कलेजबाट पत्रकारिता र अंग्रेजी लिटरेचरमा पनि स्नातक गरेकी छन्। त्यही कारण उनको मुख्य रोजाई पत्रकारिता थियो। तर, अभिनयमा पनि रुची राख्ने उनलाई चलचित्र क्षेत्रमा डोहोर्‍याे। उनले कन्नड चलचित्रमार्फत रंगीन पर्दामा पाइला राखेकी हुन्। ‘किरिक पार्टी’मार्फत उनले सन् २०१६ माचलचित्रमा डेब्यु गरेकी हुन्। सन् २०१६ मा ‘किरिक पार्टी’ सर्वाधिक कमाई गर्ने कन्नड चलचित्र बनेको थियो।
यो पनि छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम कम
तीव्र गतिमा हिँड्नु मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुने अध्ययनले देखाएको छ ।अमेरिकाको ब्राउन युनिभर्सिटीको अनुसन्धानले ढिलो हिँड्ने महिलाको तुलनामा छिटो हिँड्ने महिलाहरूमा हृदयघातको जोखिम ३४ प्रतिशतले कम हुने दाबी गरेको छ । अध्ययनको लागि ५० देखि ७९ वर्षका २५ हजार एक सय ८३ महिलाहरूको स्वास्थ्य रेकर्ड र हिँड्ने गति १७ वर्षसम्म विश्लेषण गरिएको थियो ।

यस अवधिमा एक हजार चार सय ५५ महिलालाई हृदयघात भएको पाइयो । हिँड्ने गति चार दशमलव आठ किमी प्रतिघण्टाभन्दा बढी रहेको दाबी गर्ने महिलामा हृदयघातको जोखिम ३४ प्रतिशत कम थियो भने औसत तीन दशमलव दुई किमी प्रतिघण्टा रहेकामा हृदयघातको जोखिम २७ प्रतिशत कम रेहेको अध्ययनले देखाएको हो ।

जोखिममा परेका महिलाको मुटुबाट शरीरमा पर्याप्त रगत पुग्ने प्रक्रियामा बाधा पुगेको अध्ययन प्रमुख लेखक डा. चार्ल्स इटन बताउँछन् । उनका अनुसार यो वृद्धावस्थाको समस्या हो जसलाई जीवनशैलीमार्फत सुधार गर्न सकिन्छ । तीव्र गतिमा हिँड्दा शरीरमा रक्तसञ्चारको प्रक्रिया सन्तुलित रहन्छ । मुटुले राम्रो काम गर्छ । जसकारण मुटुसँग सम्बन्धित अन्य समस्याहरूको जोखिम पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस