सुत्केरीलाई बचाउन देशको कुना-कुनामा हेलिक्प्टर उडाएर जाने यि व्यक्ति । हेलिकप्टरको भाडा नतिर्दा जेल जाँदै थिए, यति धेरै सहयोग आयो (भिडियो हेर्नुस)

दिपक सिलवाल त्यस्ता व्यक्ति हुन्, जस्ले बिभिन्न दुखी पिडितहरुको सेवामा आफ्नो ८ बर्ष भन्दा माथिको समय व्यतित गरिसकेका छन् । सुरुमा एक सँस्था मार्फत असाहयहरुको उद्धार गर्ने काममा अहोरात्र खटिने दिपक सिलवाल पछि बिकट ठाउँमा अप्ठेरोमा परेका सुत्केरी तथा बालबालिकाको ज्यान बचाउन हेलिकप्टर भाडामा लिएर जान थाले ।

सुरुका केहि उडानहरुमा पैसा तिरेरै उनले हेलिकप्टर भाडामा लगे भने पछि धेरै ठाउँबाट सेवाको लागि फोन आउन थालेपछि उनलाई एयर लाईन्सले पनि पछि पैसा दिने सर्तमा हेलिकप्टर भाडामा दिन थाल्यो तर दिपक यतिबेला सँकटमा छन् ।बिभिन्न ठाउँहरुमा गरेर हालसम्म ५० भन्दा माथिलाई उद्धार गरिसकेका दिपक सिलवाल अन्तत मिडियमा आएर आफ्नो दुखद कथा सुनाएका छन् ।

हेलिकप्टर भाडामा लगेको पैसा तिर्न नसक्दा उनी यतिबेला ठुलो साकटमा छन् र सबैलाई सहयोग गरिदिन अनुरोध गर्दछन् । आफ्नो आशमा परेको जग्गा बेरेर पनि समाजसेवा गरेका दिकलाई अन्तिममा भने केहि शिप लागेन । अब एयरलाईन्सलाई यदि १० लाख माथि भाडा नतिर्ने हो भने यसै महिना उनी जेल जानु पर्छ भन्दै मिडियामा आए । यसैबिच शिशिर भण्डारीको युटुब च्यानलबाट उनको पिडा व्यक्त भैसकेपछि उनलाई देश तथा बिदेशबाट २ लाख ३५ हजार भन्दा माथि सहयोग आएको छ । उनले हाल त्यो पैसा एयरलाईन्सलाई बुझाउँदा उनलाई जेल नहुने भएको छ । प्रहरीले उनलाई के भने ? भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस