घरकी श्रीमतीसंग विवाद गरेर क्याम्पस पुगेका क्याम्पस प्रमुखले लेखापाल, वडाध्यक्ष र अभिभावक माथि गरे यस्तो रडाको, पर्यो ४ वटा उजुरी

काठमाडौ, विद्यार्थीलाई असल आचरण सिकाउने शिक्षक, प्राध्यापक नै आचरण विपरित काम गरे पछि के होला ? कालिकोटमा त्यस्तै भएको छ । कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् ।

उनले आचरण विपरित काम गरेको भन्दै उजुरी परेको हो । क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मार्यादा बिर्षेर म दि रा सेवन गरि लेखापाल माथि भौतिक आ क्र म ण गर्नुका साथै प्राध्यापक माथि जाइलागेका थिए । त्यती मात्र होइन अभिभावकहरुलाई समेत ज्यान लिन्छु भन्दै धम्की दिए ।

क्याम्पस प्रमुख सिंहले सोमबार विहान म दि रा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हात पात गरेको लेखापाल बिष्टले वताए । खाँडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष महाविर पाण्डेले उनलाई सम्झाउने कोशिस गरे तर उनी थप आ क्रा मक बने ।

क्याम्पस प्रमुख विहानै म दि राको तालमा थिए । ‘विहानै क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर विग्रेको थियो, त्यसैले होला भन्ने सोचेर कोठामा पुगेँ । ला ठीले टाउकामा हि र्का उनुभयो ।’ लेखापाल विष्टले भने ‘पछि बुझ्दै जादा उहाँको पारिवारीक झ ग डाको रिस हामीमाथि पोख्नु भएछ ।’

शनिवार राती उनले श्रीमतीसंग विवाद गरेर निस्केका रहेछन् । उनकी श्रीमती पनि श्रीमान विरुद्ध उजुरी दिन प्रहरीकोमा पुगेकी थिइन् । तर लेखापालले घर भित्रको विवाद बाहिर नल्याउन भन्दै श्रीमतीलाई सम्झाएका थिए । त्यसैको रिस उनले क्याम्पसमा पोखेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपि शिद्धराज न्यौपानेले क्याम्पस प्रमुख लक्ष्मण वहादुर शिहंले घरेलु हिं सा गरेको वताए । ‘उहाँले शनिवार राती श्रीमती माथि हात पात गर्नु भएको रहेछ । घटना सुनेर अस्थाई प्रहरी चौकी ताडीको टोली त्यहाँ पुगेर क्याम्पस प्रमुखकी श्रीमतीलाई उद्धार गरी उहाँको छिमेकी दिदीको घरमा पुर्याएका थियौं । क्याम्पस प्रमुख सिहंले मलाई फोन गरेर प्रहरीले आफ्नो श्रीमतीलाई अ प हर ण गरेको आरोप लगाउनु भो ।’

प्रतिक्रिया दिनुहोस