सँधै धनको अभाव गराउँछ मानिसका यी ५ गलत बानीले, कतै तपाईले पनि गर्नुभयो की ?

मानिसले सकेसम्म आफ्नो जीवनमा धेरैभन्दा धेरै धन कमाउन चाहान्छ। धन कमाउन चाहेपनि धेरैले सोचेजस्तो धन कमाउन भने सकेका हुँदैनन्।धन कमाउनका लागि मानिसमा भाग्य कर्म योग्यता र क्षमताले ठूलो भूमिका राख्दछ । साथै कतिपय हाम्रा संस्कार र बानीका कारण पनि धन कमाउनको लागि प्रभाव पार्दछ ।

हिन्दू धर्मअनुसार धनकी देवी लक्ष्मीलाई चिनिन्छ । लक्ष्मीको कृपा र आशीर्वाद मिलेमा मात्र धन कमाइन्छ नत्र लक्ष्मीलाई बेखुसी बनाएमा जतिसुकै मेहनेत र प्रयत्न गर्दा पनि धन नकमाइन सक्छ या धन व्यर्थमा नष्ट हुन सक्छ।यी बानी जसले लक्ष्मी रिसाउँछिन् र उसको जीवनमा ठूलो आर्थिक अभाव खड्किन्छ ।

१) सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ। यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन ।२) कयौंपटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् ।

३) बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।४) जो व्यक्ति साधु–सन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

५) शास्त्रका अनुसार बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो। जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन्। यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस