विदेश बाट श्रीमान आउने दिन गनेर बसेकी राधा जब कार्टुनको प्याकमा अ’स्तु हात लाग्यो

भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो। यही भदौ १२ गते उनको मृ’त्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दुर्घ’टनामा परेर मृ’त्यु भएको हो।

‘दिउँसोतिर फोन आएको थियो। दुर्घ’टनामा परेर जबरको मृ’त्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए,’ ला’स बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु उत्तरकुमारी राईले सुनाइन्।

‘त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ,’ जबरका दाइ नयन राईले भावुक हुँदै भने।बुटवलकी राधा ज्ञवाली आफ्ना श्रीमानको अ’स्तु अँगालोमा च्यापेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्। रोजगारीका लागि मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको को’भि’ड–१९ संक्रम’णका कारण ज्यान गएको हो।

उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए। ‘छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अ’स्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरूद्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्।

धनकुटाका शिवकुमार तामाङ पनि शनिबार बाकसमा फर्किए। प्लाष्टिक कम्पनीमा मजदुरी गर्दै आएका उनको हृद’यघा’तका कारण मृ’त्यु भएको हो। ‘मसँग त कुरा भएको थिएन। घरमा कुरा हुँदा जिउ भारी भएको छ।

रिँगा’टा चलेको छ भन्थ्यो रे,’ शिवकुमारका दाइ कृष्ण तामाङले सुनाए। शनिबार (आज) रोजगारीका लागि मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको ला’स तथा अ’स्तु आइपुगेको छ।

नेपाल एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट लास तथा अ’स्तु ल्याइएको हो। जसमा छ जनाको ला’स आएको छ भने ११ जनाको अ’स्तु’ ल्याइएको छ।

उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको ला’स ल्याइएको हो भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अ’स्तु ल्याइएको हो।

को’भिड’का कारण विदेशमा ज्यान गुमाउनेहरूको ला’स सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरूको हकमा आफन्तहरूले अस्तु बुझ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस