चितवनको नारायणगढस्थित कल्पना होटलबाट , आयो डरलाग्दो खबर होटल संचालिकासाहित पांच जना पक्राउ

चितवनको नारायणगढस्थित कल्पना होटल एण्ड लजमा बे’श्यावृ’त्ति हुने गरेको भेटिएको छ। दोश्रो पटक सो होटलबाट अबैध रुपमा यौ’न क्रियाकलापमा संलग्न चारजनासहित होटल संचालिका समेत पक्राउ परेपछि त्यस होटलमा बे’श्यावृ’त्ति हुने गरेको देखिएको हो।

भरतपुर महानगरपालिका–२, लायन्स चोकस्थित कल्पना होटल एण्ड लजबाट प्रहरीले अवैध यौनक्रियाकलापमा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य समस्तिपुर घर भई हाल भरतपुरमा डेरा गरि बस्ने १९ वर्षीय मोहम्मद इम्तियाज, भरतपुर–१ का १९ वर्षीय सन्जोग महरा, होटल संचालिका ४० वर्षीय कल्पना महरा, २१ र २४ वर्षका दुई युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

कल्पना होटल एण्ड लजमा अवै’ध यौ’नक्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएका अभियुक्तहरु बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यसअघि पनि प्रहरीले सोही होटलमा अवै’ध यौ’न कार्यमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस