घरमा धन भित्रिनु भन्दा अगाडि देखिन्छ यस्तो संकेत, माता लक्ष्मीको रहनेछ कृपा !

काठमाडौँ, लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ । यस्तो अवस्थामा तपाईले लाखौ कोशिस गर्दा पनि केही फल नपाएपछी निराशाले घेर्न सक्छ ।

शास्त्रका अनुसार केही यस्ता संकेतहरु हुन्छन् जसले तपाईलाई अब तपाईको भाग्य चम्किँदैछ र लक्ष्मीले तपाईको जीवनमा प्रवेश गर्दैछिन् भन्ने थाहा दिन्छ ।केही यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ । थाहा पाऔ ती संकेत के(के‘

– यदी तपाईको घर या अफिसमा अकस्मात उल्लू आयो भने तपाईलाई छिट्टै धन प्राप्त हुने संकेत गर्छ ।– हामी प्राय सबै सर्पसँग डराउँछौ तर, सर्प र धनकाबिचको सम्बन्ध नजिकको हुन्छ। यदी तपाईको घरको वरिपरी सेतो सर्प देखियो भने उक्त स्थानमा केही खजाना हुन सक्ने संकेत हो ।

– साताको प्रत्येक दिन अलग-अलग देवी-देवताको पुजा गर्ने गरिन्छ । शुक्रबारको दिन प्राय लक्ष्मीको पूजा गर्ने गरिन्छ । यो दिन यदी कुनै केटीले तपाईलाई सिक्का दिइन् भने यो शुभ संकेत हुन्छ, तपाईलाई धन लाभ हुने संकेत हो यो ।

– जब तपाईले सपनामा पानी, हरियाली, लक्ष्मीको बहान उल्लू देख्नु हुनेछ तब यसले तपाईको भाग्य चाँडै बद्लिनेसंकेत गर्छ ।– यस्तै, सपनामा सेतो सर्प, सुन जस्तो पहेलो सर्प देखियो भने त्यसले तपाई अब धनी बन्ने योग रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस