शौचालयमा लुकेर यौ’न सम्बन्धका लागि ज’बर’ज’स्ती गर्ने गोरखा दोषी ठहर

लण्डन ।ब्रुनाइको टुकर लेन्समा रहेको गोरखा सैनिकको क्याम्पको पुरुष शौचालयमा लुकेर सरसफाइ गर्ने महिलालाई यौ’न स’म्बन्ध रा’ख्न ज’ब’र’ज’स्ती ग’रेको अभियोग लागेको एक सेवारत गोरखा सैनिकलाई सैनिक अदालतले दोषी ठहर गरेको छ ।

सेकेण्ड गोरखा राइफल्समा कार्यरत २६ वर्षीय गोरखा सैनिक ताराहाङ राईलाई बुलफोर्ड मिलिटरी कोर्ट, बिल्सायरले दोषी साबित गरेको हो ।

सरकारी वकिल विलियम पिटर्सका अनुसार घटना भएको दिन ती महिला र राईको पुरुष शौचालयमा तीनपटक जम्काभेट भएको थियो । दुई पटक राईले ती महिलालाई चु’म्ब’नका लागि आग्रह गरेका थिए तर तेस्रोपटक राईले महिलालाई समातेर शौचालयभित्र लैजान जोड गरेका थिए।

त्यसपछि महिलाले छोड्न पटकपटक आग्रह गर्दा पनि नछोडेका राईले महिलाले चि’च्या’उने ध’म्की दि’एपछि भने छोडेका थिए । घटनापश्चात महिलाले आफ्नो म्यानेजरलाई सो घटना बताएकी थिइन् ।

राईले आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका थिए । राईले महिलाले नै आफूलाई फेसबुकमा ‘क्युट’ लेखेको र उनलाई फेसबुकमा ब्लक गर्नु परेको बताएका थिए ।

महिलाले आफूबाट फाइदा लिन खोजेको तर आफूले नदिएपछि यौ’न दु’र्ब्यव’हा’रको आरोप लगाएको राईको भनाइ थियो । यद्यपि उनको भनाइलाई अदालतले अस्वीकार गरेको छ । राईलाई केही समयपछि सजायँ तोकिने छ ।

प्रतिक्रिया दिनुहोस