गाईको पूजा गरी मनाइयो गाई तिहार

काठमाडौँ, कात्तिक २७ गते । नेपालीहरूको महान् चाड तिहारको तेस्रो दिन आज (सोमबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् ।

कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ ।


Service médical à domicile de Medici Generici à Rome

Service médical à domicile de Medici Generici à Rome

Notre équipe fournit un service de soins de santé à domicile, garantissant professionnalisme et confort pour les patients à Rome.

आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

आजका दिन पशुपतिस्थित वेद विद्याश्रममा रहेका बटुकहरूले पनि विधिपूर्वक गाई पूजा गरेका छन् । अरू वर्ष लक्ष्मीपूजाकै दिन गाई पूजा गर्ने चलन भए पनि तिथिअनुसार यो साल आइतबार नै लक्ष्मीपूजा सम्पन्न गरिएको छ ।

धार्मिक मान्यता अनुसार पापी मान्छे वैतरणी नदी तर्न सक्दैन । तर हरेक वर्ष विधिपूर्वक गाईपूजा गर्ने मान्छे गाईको पुच्छर समातेर पनि नदी पार गरेर स्वर्ग लोक जान सक्छ भन्ने पौराणिक कथन छ । त्यसैले जनैपूर्णिमाको दिन बाँधेको रक्षाबन्धनलाई पनि यसैदिन गाईको पुच्छरमा बाँधेर विसर्जन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस