लाफिङ बुद्धको मूर्ति घरमा किन राखिन्छ ?

हामी जो कोही लाई आफ्नो घर तथा अफिस राम्रो र आकर्षक होस् भन्ने हुन्छ त्यसका लागि विभिन्न तस्बिर, सजावट, बिरुवा वा प्लान्ट, पेन्टिङ र मूर्तिहरू राख्ने गरिन्छ । मूर्ति भन्नासाथ हाम्रो रोजाइमा भगवान् र ख्याति प्राप्त व्यक्ति लगायतका मूर्तिहरू पर्दछन् ।

प्रायजसो मूर्तिले घरमा खुसी, शान्ति र समृद्धि कायम रहन्छ भन्ने विश्वासका साथ घरमा सजाइन्छ । त्यस्तै लाभदायक एक मूर्ति हो लाफिङ बुद्ध, जसलाई हामीले घरहरूमा सजाएको देख्न सक्छौँ ।

हिन्दु धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान् माने जस्तै चीनमा पनि लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवताका रूपमा मान्ने गरिन्छ। त्यस कारण घरमा सफलता र आर्थिक समृद्धिको लागि लाफिङ बुद्ध घरमा राखिन्छ । लाफिङ बुद्धको मूर्तिले मानिसलाई कृतज्ञ हुन, बाधाहरू पार गर्न र जीवनमा खुसी बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।

वास्तुशास्त्रीहरुका अनुसार लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्दा बुद्धको मुस्कानले समृद्धि आउँछ । यसका साथै लाफिङ बुद्धको मूर्ति घरमा राख्दा सुख र समृद्धि छाउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास समेत रहेको छ ।

लाफिङ बुद्धलाई घरको यो दिशातिर राख्दा शुभ हुन्छ । फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई घरमा दक्षिण पूर्व दिशा राख्दा सकारात्मक ऊर्जा बढ्ने र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । यसका साथै घरका सदस्यहरूको आम्दानी बढ्ने, जागिर, व्यवसायमा उन्नति प्रगति हुने हुन्छ ।

प्रतिक्रिया दिनुहोस