वास्तविक जीवनमा निकै स्टाइलिस् छिन् ‘बाहुबली’की ‘शिवगामी देवी’

काठमाडौं, साउथका सुपरस्टार प्रभाष स्टारर् ‘बाहुबली’को चर्चा र प्रशंसा नगर्नेहरु विरलै होलान् । यो फिल्म ठूलो पर्दामा ब्लकबस्टर साबित भयो । यो फिल्मले भारतमा मात्र नभई विश्वभरबाटै वाहवाही पाएको थियो ।

त्यसोत, हरेक पात्रले पनि फिल्ममा आफ्नो प्राण दिएका छन्, चाहे त्यो अमरेन्द्र बाहुबली होस्, कटप्पा होस् या शिवगामी होस् । यो फिल्ममा ‘शिवगामी देवी’को भूमिका राम्या कृष्णनले निभाएकी छन् । उनले यो क्यारेक्टरमा आफ्नो प्राण नै दिएकी छन् । फिल्ममा एक उत्कृष्ट आमाको भूमिका निभाएकी ‘शिवगामी देवी’ अर्थात् रम्या कृष्णन वास्तविक जीवनमा भने निकै स्टाइलिस छन् । सामाजिक सञ्जालमा पनि उनको ठूलो फ्यान फलोइङ छन् ।

शिवगामी देवी अर्थात् रम्या कृष्णनले सामाजिक सञ्जालमा केही स्टाइलिस फोटो र भिडियोहरु शेयर गर्दै आएकी छन् । रम्या कृष्णन वास्तविक जीवनमा निकै सुन्दर र स्टाइलिश छन् ।त्यसोत, उनका पछिल्लो तस्बिर झट्ट हेर्दा उनलाई चिन्न गाह्रो छ । सेयर गरेकी सेल्फीमा राम्या निकै सुन्दर देखिएकी छन् । यसै क्रममा दोस्रो तस्विर उनको साडीको हो । जसमा उनी चम्किलो साडीमा देखिएकी छिन् ।

बाहुबलीपछि ‘क्वीन’मार्फत् जितिन् सबैको मन
राम्या कृष्णनको कामको कुरा गर्दा बाहुबली बाहेक उनी ‘खलनायक’, ‘चाहत’, ‘ओथ’, ‘बनारसी बाबु’मा देखिएकी थिइन् । यसबाहेक उनले वेब सिरिजमा पनि काम गरेकी छन् । उनले ‘क्वीन’ सिरिजमा काम गरेकी छिन् । यो तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक थियो । यस फिल्मबाट पनि उनले करोडौं दर्शकहरुको मन जित्न जित्न सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस