विवाहमा औंठी लगाउने बेलामा बेहुलीले बेहुलाको के देखिन् त्यस्तो ? एक्कासी डराएर चिच्याइन्- मानिनन् बिहे गर्न

काठमाडौ,कहिले काँही वास्तविकता पुरा थाहा नहुँदा धोका हुन्छ । भारतको उत्तर प्रदेशको अलिगढबाट एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ बेहुलीले अचानक बिहे गर्न अस्वीकार गरिन् । दुवै पक्षमा चर्काचर्की भयो र घटना प्रहरीसम्म पुग्यो ।

दुई पक्षबीच हालसम्म कुनै सहमति हुन नसकेको बताइएको छ । प्रहरीले यो घटना सुल्झाउने प्रयास गरिरहेको छ । तर दुवै पक्षले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । योसँगै बेहुलीले बेहुला पक्षमाथि धोका दिएको आरोप पनि लगाएकी छन् ।

बेहुलीले अचानक किन बिहे गर्न अस्वीकार गरिन् ?
यो घटना अलिगढको थाना चर्रा क्षेत्रको सिरौली गाउँको हो। विवाह समारोहमा बेहुलाको खुब स्वागत भयो, जन्तीले खाना खाए, जयमाला भयो, सात फेरा पनि लगाए, बेहुलीको सिन्दुर पनि भरियो तर औंठी लगाइदिने अनुष्ठानका लागि बेहुलीले हात बढाएपछि कन्यादानको समयमा हात मण्डपमा राखेपछि बेहुली चिच्याइन् र उनले विवाहको संस्कार पूरा गर्न अस्वीकार गरिन् । किनकी बेहुलाको एक हातको तीन औँला नै थिएन ।

दुलहाको एउटा हातको तीनवटा औँला गायब
बेहुलीले बिहे गर्न अस्वीकार गरेपछि खुसीसाथ चलिरहेको विवाह कार्यक्रम ठप्प भएको छ । बेहुलीले बेहुलाको औंला का टि एको जानकारी लुकाएर सबैलाई धोकामा राखेको आरोप लगाएकी छन् । यसबाहेक दुवै बिचौलियाले ब न्ध क बनाएको बेहुली पक्षबाट आरोप लगाइएको छ ।

औँला का टि एको बारे जानकारी दिएको बेहुला पक्षको भनाइ छ । त्यसपछि मात्रै विवाह तय भयो । यही कारणले गर्दा विवाहको कार्यक्रम लगभग सम्पन्न भइसकेको थियो तर विदाई अस्वीकार गरिएको थियो । घटनाको सूचना पाएपछि स्थानीय प्रहरी पनि घटनास्थलमा पुगेको थियो । अहिले पूरै जन्तीका साथ बेहुलाको बिदाईको पर्खाइमा दुलहा बसिरहेका छन् । तर दुलही विदाई समारोह को लागी तयार छैनन्।

प्रतिक्रिया दिनुहोस