एमसीसी अगाडि बढाए सरकार छोड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी पास गर्न खोजे सरकार छोड्ने निर्णय गरेको छ ।बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना जबरजस्ति पास गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो । आज प्रतिनिधिसभाको बैठक दिउसो २ बजे बस्ने भएको छ ।प्रतिनिधिसभा बैठकअघि संसदको कार्यव्यवस्था बैठक पनि यतिबेला बसिरहेको छ । सो बैठकले आजको संसद बैठकम एमसीसी टेबुल गर्ने निर्णय गर्ने बताइएको छ।

उक्त बैठकअघि नै माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले एमसीसी संशोधन र परिमार्जन नगरि पास गर्न नसकिने निश्कर्षमा पुगेको माओवादी केन्द्रले जनाएको छ।

सत्ता गठबनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनकै घटक मओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने कुनैपनि हालतमा यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान लिँदै आएको छ ।

माओवादी केन्द्र विपक्षमा विपक्षमा मतदान गर्नेसमेत निश्कर्षम पुगेको छ । संसद सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्न नसक्नेसमेत माओवादी केन्द्रको अडान छ ।साथै पार्टीको बैठक सकेर मओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने प्रधानमन्त्री शेरबहादु देउवालाई भेट्न वालुवाटारतर्फ प्रस्थान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस