नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले आ त्म ह त्या गरेको निष्कर्ष

काठमाडौं : नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिसले आ त्म ह त्या गरेको खुलेको छ ।

सन् २०१५ देखि ०१९ सम्म नेपालमा राजदूत रहेका ५२ वर्षीय मोरिस नेपालबाट फर्केपछि मे २०२० मा बेलायतको ह्याम्पशायरबाट ह राएका थिए । उनको श व चार महिनापछि बेन्ट्ली ह्याम्पशायरस्थित घरनजिकै फेला परेको थियो ।

घ टनाबारे भएको न्यायिक जाँचपछि अदालतले मोरिसले आ त्म ह त्या गरेको ठहर गरेको बीबीसीले जनाएको छ ।बेलायतको कोभिडसम्बन्धी सरकारी कार्यदलमा कार्यरत रहेको अवस्था बेपत्ता भएका मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आ त्म ह त्या गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।

न्यायिक जाँचमा मोरिसकी श्रीमती एलिसन मोरिसले पनि कोभिड १९ संक्रमणको पहिलो लहरमा दबाबका बीच काम गरेको बताएकी छन् । यसका आधारमा अदालतले मोरिस गम्भीर तनावमा रहेको र ज्यान दिएको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस