डीभी पर्दापनि अमेरीका नगई नेपाली सेना’मा भर्ती (भिडियो सहित)

अमेरिका नेपालीहरुका लागि मात्र होईन विश्वका धेरै देशका मानिसहरुका लागि एक ठुलो सपना हो । नेपालमा पनि हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन् । तर भिडमा एक युवा डीभी परेर पनि अमेरिका गएका छैनन् ।

उनी अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती भएका हुन् । यस्तै कथावस्तु समेटिएको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ । पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता–२०७६ मा दोस्रो भएको थियो ।

रगतमा नेपाली सेनाको महत्वपूर्ण र देशभक्ति प्रकट गरिएको छ । रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन् । कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ । विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।

नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूले रोजेको निर्देशक बस्नेतले बताए ।

उनले यसअघि लकडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र निर्माण गरेका थिए । लघु–चलचित्र ‘रगत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस